Section 110
धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरेको शेयर संगठित संस्थाले दर्ता गर्नु पर्ने
धितोपत्र बजारमा खरिद, बिक्री वा विनिमय भएका कुनै संगठित संस्थाको शेयर वा डिबेञ्चरका सम्बन्धमा सो धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरिदिएको भएमा त्यस्ता शेयर वा डिबेञ्चर हस्तान्तरण भएका व्यक्तिको नाममा संगठित संस्थाले आफ्नो सदस्यको दर्ता किताबमा त्यस्ता शेयर वा डिबेञ्चर दर्ता गरिदिनु पर्नेछ ।